फिल्म ‘जुलेबी’ को ट्रेलर यस्तो छ (भिडिओ)

काठमाडौं । सुरक्षा पन्त अभिनीत फिल्म ‘जुलेबी’ को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार डिएआर मुभिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा सुरक्षा पन्तलाई यौनकर्मीको भूमिकामा देख्न सकिन्छ।

एथोलजी विधामा रहेको फिल्ममा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

फिल्मको कार्यकारी निर्माता नविन भट्ट हुनभने, फिल्मलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्।
अजय खड्काले सम्पादन गरेका हुन भने, विवेक खड्काले छायांकन गरेका छन्।

गणेश देव पाण्डेद्वारा निर्देशित फिल्म भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।