Hotel Panchthar Nepco Media

भक्तपुरका चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

भक्तपुर। भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् ।

विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चार वटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालेपछि यहाँका बासिन्दाले निःशुल्क रगत पाउन थालेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चार वटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्य विनायक र चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि रेडक्रसले बिरामीका लागि अत्यावश्यक रगत निःशुल्क उपलब्ध गराउन थालेको हो ।