Hotel Panchthar Nepco Media

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल हुँदै

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुने भएको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ः०० बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।