Hotel Panchthar Nepco Media

पुर्वराष्ट्रपति ओबामा सहित अमेरिकीहरूलाई रूसले लगायो प्रतिबन्ध

काठमाडौं। रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ ।

रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो ।

यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।