काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।
डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
BL.final_.2080.02.03अन्तर-प्रदेश-भाडादर