Hotel Panchthar Nepco Media

सुनकोशी जलविद्युत आयोजना : नेपाल र बंगलादेशको संयुक्त लगानी

काठमाडौं । ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने निर्णय भएको छ ।

सोमबार र मंगलबार बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र विकासका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको हो ।

सुनकोशी-३ काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

बंगलादेशका ऊर्जा सचिवसहितको टोलीले
सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणस्थलको अवलोकन गरेको थियो ।