शिक्षामन्त्री पोखरेल सुर्खेतमा

सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल आइतबार सुर्खेत पुगेका छन्। सुर्खेतमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा व्यवस्थापनबारे जानकारी लिन र सम्बधित कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।

भ्रमणका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर आयोजकसँग छलफल गर्ने कार्यक्रम छ। साथै, सुर्खेत पुग्ने क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै खेलकुद क्षेत्रको विकास र स्थानीय समस्याका विषयमा समेत चासो व्यक्त गरेका थिए।