राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा आयोगकी अध्यक्ष कमला पराजुलीले उक्त प्रतिवेदन पेस गर्नुभएको हो। नेपालको संविधानको व्यवस्था अनुसार आयोगले वर्षभरि गरेका कामकारबाही, महिला अधिकारको संरक्षण, लैंगिक हिंसा नियन्त्रण तथा भावी रणनीतिका विषयहरू समेटेर तयार पारिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइएको हो।