रास्वपामा प्रवेश गर्दै राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा

काठमाण्डौ । प्रतिनीधी सभा निर्बाचान नजिकिदै गर्दा राजानितिक माहोल पनि उताबचडाब भएको छ । राजेन्द्र महतो नेतृत्वको रहेका राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार पनि रास्वपा प्रवेश गर्ने भएका छन् ।

धनुषा- ३ मा उम्मेदवार रहेका राजीव कुमार झा पार्टीबाट (रास्वपा)का उम्मेदवार मनिष झालाई समर्थन गर्दै रास्वपामा प्रवेश गर्न लागेका छन ।

राजीव कुमार झा राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष समेत हुन् । आफु अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर देखिएकोले आफूले सक्दो सहयोग गर्न चाहेको छन् । झा आज साढे ११ बजे रास्वपामा प्रवेश गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

विमलेन्द्र निधि धनुषा- ३ मा नेपाली कांग्रेसबाट उमेदवार छन्, रास्वपाबाट मनिष झा र नेकपा एमालेबाट जुली कुमारी महतो,उम्मेदवार रहेका छन ।