काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीश सन्तोष प्रसाद पराजुलीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।