प्रहरी प्रमुख कुवँरमाथि छानबिन हुनुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरी प्रमुखमाथि छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार संसदको हिउँदे अधिवेसनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुवँरमाथि छानबिन गर्नु पर्ने माग गरेका हुन् ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछानेमाथी मुद्दा चलाउने काम उहाँ माताहातबाट भयो, त्यसैले उनी माथी छानबिन हुनुपर्छ’ उनले भने ।