Hotel Panchthar Nepco Media

अपाङ्ग यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने

काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्ग भएका यात्रुहरुको लागि विशेष व्यवस्था गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र भएको अपाङ्गहरूलाई ५० प्रतिशत सम्म छुट दिने भएको हो ।

निगमले हरेक आन्तिरिक उडानमा फर्स्ट कम फर्स्ट सर्भिस बेसिसको आधारमा दुई जना अपाङ्ग यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।