प्रतिगमनतिर फर्किन खोज्नेहरू देशद्रोही हुन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरू लागि परेको बताए ।

समृद्धिको लाग संकल्प यात्रामा रहेका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताए ।

तर, उनीहरूको यो कुचेष्टा सफल नहुने उनले दाबी गरे । ओलीले भो, ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’,।

लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनले स्पष्ट पारे ।