Hotel Panchthar Nepco Media

नक्कली भुटानी शरणार्थी प्रकरण : बाबु जेलमै, छोरा धरौटीमा छुटे

काठमाडौं । उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायत ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ।

उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।

थुनामै राख्न आदेश दिएकोमा टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भन्डारी, सागर राई, गोविन्द चौधरी शन्देश शर्मा र आङटावा शेर्पालाई जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पाटनले फैसला गरेको छ।

त्यस्तै, टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी भने धरौटीमा रिहा हुने भएका छन् ।

रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।