आजको माैसम : वर्षा हुने सम्भावना

काठमाडौं । देशका केही भू-भागमा बदली र वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भागमा हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागकाे अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । केही भागमा वर्षा पनि हुन सक्नेछ ।

बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।