काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ ।
विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो ।
आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुकोलाई मात्रै छनोट गरिएको विभागले जनाएको छ ।
गत जुलाईमा दुई देशबीच १ सय जना नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो