बारा। भारतीय तीर्थयात्रीहरू जनकपुरधाम, काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका थिए।
काठमाडौं पशुपति मन्दिरको दर्शन गरृर जनकपुर फर्कनेक्रममा जितपुर सिमरा उपमहानगरपालिका–२२ मा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत चुरियामाईको मन्दिरनजिकै दुर्घटनाग्रस्त हुन पुग्यो।
बारा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीका अनुसार बस सडकबाट १५ मिटर तल खसेको थियो।
तीनजनाको घटनास्थलमै र चारजनाको उपचारको क्रममा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको थियो। घाइते १९ जनाको हेटौँडालगायत अन्य अस्पतालमा उपचार भइरहेको एसपी बोगटीले जानकारी दिए।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक आकलन छ। बस दुर्घटनापछि चालक र सहचालक दुबैजना फरार थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
मृत्यु भएकामध्ये ३ जनाको सनाखत भएको छ।