काठमाडौं । बाढी तथा पहिरोबाट विभिन्न राष्ट्रिय राजमार्ग अवरूद्ध हुन पुगेका छन्।
सडक विभागले अद्यावधिक गरेको विवरणअनुसार कोशी राजमार्गअन्तर्गत रानी विराटनगर-इटहरी-धरान धनकुटा हिले, तेघुवाघाट- तुम्लिङ्गटार खाँदवारी-नुम किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध छ।
यस्तै सुर्खेत तत्तो डुङ्गेश्वर–सातखम्बा, दुत्तु-पिपलकोट-खुलालु-मान्मा, नाग्मा-जुम्ला सडक कालिकोटको गल्जेमा अवरूद्ध रहेको विभागले अद्यावधिक गरेको सूचनामा उल्लेख छ।
डुम्रे बेसीसहर-मनाङको चामे जोड्ने सडक च्याम्चे, रामबजार र घोप्टेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
पोखरा सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ राम्दी स्याङ्जा जोड्ने सडक पाप्लाको हुल्दे खोला र कालिमाटीमा अवरूद्ध रहेको छ।
पासाङ ल्हामु राजमार्गअन्तर्गत बालाजु-त्रिशुली-धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक नुवाकोटमा निगालेमा अवरूद्ध छ।
यस्तै ठोरी-भरतपुर-मुग्लिङ, आँवुखैरेनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिबास-रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको विभागले जानाए।को छ ।