काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी जाँदै गरेको बस धादिङ-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो।