काठमाण्डौ । जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका एकजना युवक चोरी मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला काठमाडौँको तीनकुनेबाट प्रहरी कार्यालयका अनुसार उक्त युवक स्कुटर चोरि पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी छन् ।
केही समयअघि बलात्कार अभियोगमा पक्राउ परेर कारागारमा राखिएका थिए। तर, उनी केही महिनाअघि जेलबाट फरार भएर प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो।
यसै क्रममा प्रहरीले उनलाई स्कुटर चोरी गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि उनलाई जाँच गर्दा चोरी गरिएको स्कुटरसहित पक्राउ गरिएको थियो।
चैत २ मा अनलाइनमा बेच्न भनेर राखेको स्कुटर किन्छु भनेर झिकाएर उनले बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएको एसपी भट्टले बताए ।
पक्राउ परेका युवकविरुद्ध पहिलेको बलात्कार मुद्दासँगै नयाँ चोरी सम्बन्धी मुद्दामा समेत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै, जेलबाट भाग्ने घटनाबारे पनि थप छानबिन भइरहेको छ।
यसअघि उनी २०७७ मा बहुविवाह मुद्दामा २०७७ मा सुनसरीका चक्रघट्टी र २०७३ मा चोरी मुद्दामा खोटाङबाट पक्राउ परेका थिए र प्रहरीले फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन अभियान जारी रहेको बताएको छ।






























