आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढायो

काठमाडौं । नेपाल आयल निगमले सोमबार बिहान फागुन ४ देखि पेट्रोल, डिजेल,मट्टीतेलको मूल्य बढाउन लागिएको छ ।

आयल निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । भने डिजेल,मट्टीतेलमा एक लिटरमा तीन रुपैयाँ बढाउने निर्णय गरेको निगमले जानकारी दिएको छ ।

आयलको मूल्य बढेको पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।

यसै गरी डिजेलमट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको आयल निगमले बातएको छ ।