काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मुख्य बिन्दुमा लक्षित गर्दै सल्यान जिल्लामा नेपाली काङ्रेस चुनावी अभियानलाई तीव्रता दिएको छ ।
निर्बाचन आउनलाई अब २४ दिन बाकी रहेको हुँदा जिल्ला सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेपाली काङ्रेस उमेदवार केश बहादुर बिस्ट अहिले चुनाबी भेटघाटमा ब्यस्त रहनु भएको छन ।
सल्यानका धेरै स्थानमा जनसंवादमा रहेका बिस्ट अहिले जनमासमा आएका समस्या, गुनासा र सुझाव विकास र सुशासनप्रति विगतमा रहेका समस्यालाई प्राथामिक्ता दिने बताए ।
अवकि बार गगन सरकार , अबकि बार सय पार, बदल्यौ काङ्ग्रेस बदल्छौ देश , रुख चिन्हमा मतदान गरी नेपाली काङ्रेस लाई बिजय बनाउने अहिलेको अपरिहार्य भएको बताउनुभयो।
मंगलबार त्रिवेणी गाउँपालिका गैरा सल्ले, सिम्क्, लुहाम सोमबार छत्रेश्वरि गाउपालिका वडा नम्बर ७ को विभिन्न गाउ वस्ति, जिताथान, रान्सि,जामुनेखोला र पानीखोलामा मतदाता संग भेटघाट तिब्र राखेका छन ।
चुनाबी भेटघाटमा कर्णाली प्रदेश सरकारका उद्योग , वन ,वातावरण तथा पर्यटन विकास मन्त्री एवम् नेपाली कांग्रेस , प्रदेश क्षेत्र १(ख) सल्यानका सभापति शुरेश अधिकारीले बधाइ तथा शुभकामना दिनु भएको छ ।
चुनाबी भेटघाटमा स्थानियको उत्साह जनक उपस्थिती थियो ।
































