जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा सिद्धार्थ बैंकविरुद्ध मिल्सएरिया शाखामा विरोध प्रदर्शन भैरहेको छ ।
बैंकले ऋण असुलीको नाममा भू-माफियाहरूसँग मिलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय उद्योगी, व्यवसायीहरू सिद्धार्थ बैंकविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
ऋणीले ऋण चुक्ता गर्न तयार रहेको बताएपनि झुक्याएर जग्गा अरु व्यक्तिको नाममा पास गरेको संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । आफ्नो रोहवरमा बैंकका प्रबन्धक र ऋणी रायबीच आइतबार चुक्ता गर्ने सहमति भएपनि शुक्रबारनै मालपोत कार्यालय धनुषामा पत्राचार गरी जग्गा पास गराएको अध्यक्ष भण्डारीको आरोप छ ।
बिहिबार दिउँसो बैंकका प्रबन्धक अर्ग बलम्पाकी र लोन अधिकृतलाई प्रहरीले छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको धियो तर त्यहीपनि समाधान ननिस्केपछि पीडित र व्यवसायीहरुले धर्ना दिएका छन् ।
ऋण चुक्ता गर्न पटक पटक लिखित, मौखिक ताकेता गर्नुका साथै पत्रपत्रिकामा सूचना समेत प्रकाशनगर्दा समेत भुक्तान नगरेपछि लिलामीको प्रक्रियामा गएको बैंकका कर्मचारीहरू जनाउछन् ।






























