खोटाङ । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको जनाएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत थिए । केही दिन अघि मात्र दिक्तेलबाट भक्तपुर छोराहरुलाई भेट्न आएको स्थानीयले बताए ।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका शरीरका विभिन्न ठाउँमा चोट रहेको छ ।
भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।






























