खुल्यो नेपाल विद्युत प्राधिकरणमा रोजगारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा रोजगारी अवसर खुलेको छ ।

प्राधिकरणले एक हजारभन्दा बढी कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले अधिकृतदेखि सुपरभाइजरसम्मका लागि कर्मचारी माग गर्दै प्राधिकरणले शुक्रबार दरखास्त आह्वानको सुचना जारी गरेको छ ।

अधिकृतस्तरमा प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृतदेखि जियोलोजिस्टसम्मका लागि दरखास्त आह्वान भएको छ।

इच्छुक र योग्यता पुग्ने नेपाली नागरिकहरूले माघ ३ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्राधिकरणले खुलाएको राेजगार सम्बन्धि सुचना।