रास्वपाको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपको क्रममा ८ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीतर्फ ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्र जनाए ।
एसपी मिश्रका अनुसार उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।