‘प्रेम गीता’ फिल्मको छायांकन सुरु

काडठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा फिल्म ‘प्रेम गीता’ निमार्ण हुने भएको छ। मंसिर १७ ९सोमबार०देखि छायांकन सुरु गरेका निमार्ण टिमले जनाएका हुन् ।

काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनमा फिल्म छायांकन सक्ने तयारी भएको निर्देशक बस्नेतले जनाएको छन् । फिल्म रामेश्वर हुँमागाईंले छायांकन गरिरहेका छन्।

राजेन्द्रको यो डेब्यु फिल्म हो। उनले यसअघि फिल्म ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए। फिल्मको मुख्य सहायक निर्देशकमा विनयराज पौडेल रहनेछन्।

फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ ९भँगेरी डन०, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीलगायत कलाकारको अभिनय रहनेछ।

मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ।