काठमाडौं । नेकपा (एमाले)का कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
अभिकारीलाई प्रहरीले आइतबारै अदालतमा उपस्थित गराएको थियो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाटै पक्राउ गरेको थियो।



















