Hotel Panchthar Nepco Media

रवि लामिछानेलाई थपियो १३ दिन म्याद

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिनको म्याद थपिएको छ ।

कास्की जिल्ला अदालतले अनुसन्धानका लागि १३ दिनको समय दिएको हो । यो म्याद चौथो पटक थपिएको हो । रविमाथिको अनुसन्धान लागि आज मात्रै तोस्रो पटक म्याद सकिएको थियो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका पूर्व डीआइजी छविलाल जोशी, रामकुमार अनाल र लीला पछाईलाई हिरासतमा राख्न ।। दिनको अदालतले अनुमति दिएको छ ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।