Hotel Panchthar Nepco Media

मानवतस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री पक्राउ

काठमाडौं ।कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लब अधिकारी पक्राउ परेका छन् । जापानमा मानवतस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । पक्राउ अनुमतिसँगै काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गरेको जनाइएको छ ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री अधिकारी खलेआम हिडिरहेका थिए ।