काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका– ४ का सञ्जीव गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको आरोपमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ८ का गोकर्ण पराजुली पक्राउ परेका हुन् ।
आरोपी गुरुङले दुबई पठाइदिन्छु भन्दै तीनजना पीडितबाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार ठगेका गरेका प्रहरीले जनाउको छ ।
पक्राउ परेकाहरुलाई वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको प्रहरीले जनाएको छ ।