Hotel Panchthar Nepco Media

बोर्डरमा सशस्त्र प्रहरी र राजस्व टोलीमाथि आक्रमण

बुटवल । रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि आक्रमण भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।

अवैध चिनी बरामद गरेर फर्किने क्रममा विहीबार बेलुका करिब एक सयको संङ्खामा आएर ढुंगामुढा गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी)आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स झिकाइएको प्रहरीले जनाएको छ । खुला सीमाको कारण तस्करहरुले विभिन्न भित्री बाटोबाट तस्करी गरिरहेका छन् ।