Hotel Panchthar Nepco Media

रवि लामिछानेमाथि अनुसन्धान गर्न १० दिन म्याद थपियो

पोखरा । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतले जनाएको छ । यो समय कर्तिक १५ गते देखि गणना हुने छ ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान प्रहरीले गरिहेको छ ।