काठमाडौं । आफ्ना नागरिक पक्राउ पर्न थालेलगतै बंगलादेशकी वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको भनिएपनि मुख्य समस्या बंगलादेशका नागरिक नेपालमा पक्राउ पर्न थालेपछि बंगलादेशकी विदेशमन्त्री रिजवाना हसनले प्रधानमन्त्री ओलीसँग भेट्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
काठमाडौंको ठमेल क्षेत्रमा मात्रै ३ हजार भन्दा बढीको संख्यामा बंगलादेशी नागरिकहरुले घर, फ्ल्याट भाडामा लिएर बसेको तथ्य उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्ता लगाएको थियो । मंगलबार मात्रै नेपाललाई ट्रान्जिट बनाएर क्रोएसिया, पोल्याण्ड, रोमानियाजस्ता मुलुक जानलाई गैरकानूनी रुपमा लुकेर बसेका १५ जना बंगलादेशी पुरुष पक्राउ परेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।