काठमाडौं। यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार ९१२ असोज० देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन अफ्ट्यारो भएको भन्दै टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १२ गतेको विपद्ले बस सञ्चालन हुननसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताए । आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने उनले बताए ।
धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । १२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।