काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)मा उमेर हदबारे आज मंगलबार मतदान हुने भएको छ ।
मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू हुने विघटित कमिटीले जनाएको छ । उमेर हदबारेको विवाद मंगलबार मतदानबाट टुंगो लगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने भएको हो ।
गत १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा अधिकांश प्रतिनिधिहरूले विद्यार्थी संगठनमा उमेर हद लागू गर्नुपर्ने माग गरेका थिए।
त्यसैका आधारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मतदानबाटै निर्णय गर्न निर्देशन दिएका थिए।अखिल ९क्रान्तिकारी०मा २८, ३० वा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद छ।