Hotel Panchthar Nepco Media

साढे ९४ अर्ब थपियो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ८६ हजारको भार

काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा ९४ अर्बभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । अब हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर ऋण पुगेको छ ।

सार्ऋवजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । योसँगै तिर्न बाँकी सार्वजनिक ऋणको २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.३२ प्रतिशत हुन आउँछ। यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र बाह्य २२.६६ प्रतिशत रहेको छ । कुल ऋणमा आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ ।

भदौ महिनासम्म सरकारले १ खर्ब ४ अर्ब सार्वजनिक ऋण उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ । त्यसैगरी भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो लक्ष्यको ११.८४ प्रतिशत हो ।

हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ ।