राष्ट्रिय सभाका दुई समिति सभापति चयन

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्।

विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा कुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माया प्रसाद शर्मा निर्वाचित भएका हुन्।

दाहाल नेकपा (एमाले)की सांसद हुन् भने शर्मा नेकपा (माओवादी केन्द्र)का सांसद हुन्।