रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट हटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट निलम्बनमा परेका मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यालयमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो।