काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेट गरेका छन् । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टा लामो छलफल गरेका हुन् ।
बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बुझिएको छ ।
शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया सुरु हुने हुनाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।






























