काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।