काठमाडौंमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको शंखमूलमा भीषण आगलागी भएको छ ।

दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।