Hotel Panchthar Nepco Media

फिल्म ‘भाइरल गोर्खे’मा खेल्दै चर्चित पत्रकार ऋषि धमला

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले बताए । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् ।

उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए ।