काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा सुरक्षाकर्मी परिचलन गरिएको छ ।
प्रसाईंलाई घरबाटै निस्कन नदिने प्रहरीको तयारी रहेको बताइएको छ । प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
प्रसाईंले घरमै पत्रकार सम्मेलन गरेर आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारेका छन् । उनले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने हो भन्दै प्रश्न गरे ।