इजरायल-हमासबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी । इजरायल र हमासबीच बन्धकहरूलाई लिएर भएको सम्झौताअनुसार चार दिने अस्थायी युद्धविराम लागू भएको छ।

कतारले हमासले स्थानीय समय अनुसार शुक्रबार अपराह्न ४ बजे इजरायली बन्धकलाई रिहा गर्ने जनाएको छ ।

सम्झौताअनुसार हमासले महिला र बालबालिकासहित ५० इजरायली बन्धकहरूलाई रिहा गर्नेछ।

इजरायलले इजरायली जेलबाट १५० प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्नेछ, जसमा महिला र किशोर किशोरीहरू समावेश हुनेछन्।

हमासले अक्टोबर ७ मा भएको आक्रमणपछि २ सय ४० इजरायलीलाई बन्धक बनाएको थियो ।