Hotel Panchthar Nepco Media

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

यो क्षेत्रलाई ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र एमाले निकट युवा संघले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।