एमालेको बिशेष बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको विशेष बैठक आज शनिबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थिति हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।

बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने बताइएको छ ।

युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी भएको छ ।