एजेन्सी । इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् ।
जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना मारिएका छन् ।
यस्तै, खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी दुई बालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।
यसैगरी, रफाहको पूर्वमा भएको बम विष्फोटमा कुखुरा फार्ममा रहेका कम्तीमा ७ प्यालेस्टाइनीको मृत्यु भएको छ ।