काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्राविधिक रूपमा तयारी पूरा भएपछि टिकटक बन्द गरिनेछ । त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्री शर्माले बताइन् ।