एजेन्सी । पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।
सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ।